डिजिटल लाइसेन्स वितरणमा ढिलाई, ट्रायल पास भएको महिनौ सम्म पनि लाइसेन्स हात नपर्दा सेवाग्राही मर्कामा
मानमती पाण्डेय
काठमाडौं, १ चैत । सरकारले विगत २ वर्ष अघि देखि कागजी सवारी चालक अनुमति पत्र (लाइसेन्स) लाई डिजिटल कार्डमा रुपान्तरण गरे पनि वितरण कार्य भने प्रभावकारी बन्न नसकेको सर्वसाधारणको गुनासो छ । यातायात व्यवस्था विभाग अञ्चल कार्यालयहरुले डिजिटल लाइसेन्स वितरण नियमित नगर्दा सेवाग्राहीहरुले समस्या भोग्नु परेको गुनासो गरेका हुन । उनीहरुले ट्रायल पास गरेको महिनौ सम्म पनि लाइसेन्स नपाएको गुनासो गरेका छन् ।
२०७२ मंसिर १५ गते देखि डिजिटल लाइसेन्स लागु भएदेखि यो समस्या भोग्नु परेको हो । हामी यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्दा करिव ९ महिना देखि सेवाग्राही लाइसेन्स लिनका लागि धाउन बाध्य भएको गुनासो गर्दै थिए । तर कार्यालयले भने यस्ता सेवाग्राहिहरुको सहजताका लागि कुनै पहल गरेको छैन । सुरुमा राजधानीमा मात्र डिजिटल लाइसेन्स वितरण सुरु गरेपनि गत साउन १ गते देखि भने देश भरी सो व्यवस्था लागु भइसकेको छ ।
विभागमा स्टक म्यानेजमेन्ट नभएका कारणले सवारीचालक अनुमती पत्र वितरणको कार्यमा केही ढिलाइ भएको स्वयंम यातायात व्यवस्था विभागका महानिर्देशक रुपनाराण भट्टराई स्विकार गर्छन । हाल सम्म ५ हजार चालकले डिजिटल लाइसेन्स पाइसकेका छन । अब साढे ७ लाख कार्ड आइसकेको र वितरण कार्य भइरहेको महानिर्देशक भट्टराई जानकारी दिए ।
स्मार्ट कार्ड वितरणमा सहज बनाउकै लागि सरकारले गत सन् २०१६ मेमा नेपाल सरकार र डेकाटुर कम्पनी बिच बुटमोडेलमा एग्रीमेन्ट भएर डिजिटल लाइसेन्स छाप्ने डेकाटुर नामक कम्पनी खुलेको छ । सो कम्पनीले २०७४ साल भदौ बागमती अन्चलबाट स्मार्ट लाइसेन्स छाप्न शुरु गरिसकेको उनले बताए । स्मार्टकार्ड कार्यान्वयनमा केही समस्या आएपनि अव भने ति समस्या समाधान हुदै जाने उनको दाबी छ ।
डिजिटल लाइसेन्स वितरण थालेपछि नक्कली लाइसेन्स वितरण समेत रोकिने अनुमान गरिएको थियो । सोही अनुसार अहिले ठगी र दलालीमा निकै कमी आएको बताए । अहिले सम्म ७९ जना माथि राजस्व हिनामिना र भ्रष्टाचार मुद्दा दायर भइसकेको छ भने ३८ जनालाई विभागीय कारवाही समेत गरिसकेको छ ।