भौतिक पूर्वाधार मन्त्रालयको बजेट ६.७५ प्रतिशतले बढ्ने

काठमाडौं, १९ चैत । विकासे अड्डाको रूपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट आगामी आवमा चालू आवको भन्दा बढी हुने भएको छ । मन्त्रालयले आगामी आव २०७८÷७९ का लागि १ खर्ब ४८ अर्बको बजेट सिलिङ पाएको छ, जुन चालू आवको भन्दा ६.७५ प्रतिशत बढी हो । चालू आवका लागि मन्त्रालयको बजेट १ अर्ब ३८ अर्ब रुपैयाँ रहेको छ ।
मन्त्रालय मातहतका विभिन्न विभाग तथा कार्यालयहरू र विकास साझेदार निकायका गरी कुल ६९ ओटा आयोजना तथा कार्यक्रम हाल सञ्चालनमा छन् । यसमा राष्ट्रिय गौरवका आयोजनादेखि विश्व बैंक र एशियाली विकास बैंकमार्पmत सञ्चालन भएका कार्यक्रम समेत छन् ।
चालू अवस्थामा रहेका राष्ट्रि गौरवका एवं अन्य आयोजना समयमै सम्पन्न गराउने मुख्य लक्ष्य मन्त्रालयले राखेको छ । मन्त्रालय अन्तर्गतका गौरवका आयोजना तथा प्राथमिकताप्राप्त आयोजनाहरू सुरुङमार्ग र रेलमार्गमा बाहेकका अन्यमा चालू आवका लागि गत आव २०७६÷७७ को भन्दा घटाएर बजेट विनियोजन गरिएको थियो ।