Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

बिहीबार ७ अर्ब २५ करोडको शेयर कारोबार

बिहीबार ७ अर्ब २५ करोडको शेयर कारोबार

काठमाडौं, १९ चैत । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से १२.८८ अंकले बढेर २६३१.८९ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ समूह मध्ये ४ वटा समूहमा गिरावट आएपनि अरु सबै बढेको छ । गिरावट आउँनेमा माइक्रोफाइनान्स, जीवन बीमा, होटल तथा पर्यटन इन्भेष्टमेन्ट र म्यूचुअल फन्ड समूहमा गिरावट आएको छ ।

परिसूचक बढेको आजको दिन कारोबार पनि २ सय १८ कम्पनीको ७ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको भएको छ। बजारमा उत्साह आउँदा माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको २९ करोड ५६ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

त्यस्तै सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्यमा आज १० प्रतिशतको बृद्धि छ । अन्य सात कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत माथिको बृद्धि छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *