मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

काठमाडौं, १९ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । बैंकले गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा चल्ने अटो रिक्साहरुमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । योसँगै यात्रुलाई रकम भुक्तानी गर्न सहज हुने बैंकले अपेक्षा गरेको छ ।
क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्न बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत दिएका छन् ।