त्रिविका विद्यार्थीलाई शेयर बजार सम्बन्धी तालिम

काठमाडौं, १९ चैत । प्रभु क्यापिटल लिमिटेडले ३ दिने ‘प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम’ सम्पन्न गरेको छ । क्यापिटलले त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुका लागि चैत १७ गतेदेखि १९ गतेसम्म उक्त तालिम आयोजना गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
आज सम्पन्न वर्कसपमा एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।