Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पुनः बढ्न थाल्यो कोभिड संक्रमण

पुनः बढ्न थाल्यो कोभिड संक्रमण

काठमाडौं, २४ चैत । पछिल्ला दिनहरूमा नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । भारतमा कोभिड संक्रमण बढेसँगै अहिले त्यहाँ रहेका नेपाली घर फर्किने क्रम बढेको छ । सीमा नाकामा उनीहरूको एन्टिजेन परीक्षण गर्दा धेरैमा संक्रमण देखिन थालेको छ । यस्तै काठमाडौं उपत्यका लगायतमा पनि संक्रमित बढेको पाइएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो, जसमध्ये काठमाडौं उपत्यकामा १३६ मा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ रहेको छ । निको हुने दर भने ९८ दशमलव ३ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या एक हजार ८३२ रहेको छ । हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ को पिसिआर परीक्षण भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x