Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

८ महिनामा ६ खर्ब ४२ अर्ब विप्रेषण आप्रवाह

८ महिनामा ६ खर्ब ४२ अर्ब विप्रेषण आप्रवाह

काठमाडौं, ३१ चैत । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ६ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको फागुन महिनासम्ममा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

सोही अवधिमा खुद ट्रान्सफर ७.२ प्रतिशतले वृद्धि भई रु.७१८ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.० प्रतिशतले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x