सबै समूहको परिसूचक घटेसँगै नेप्से परिसूचक ७६ अंकले घट्यो
काठमाडौं, १२ वैशाख । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक राताम्य भएसँगै समग्र बजार ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा रोकिएको हो । आज २६५४ विन्दुबाट खुलेको बजार लगातार घटेर २५७२ विन्दुमा पुगेर रोकिएको छ ।
सर्वाधिक परिसूचक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको ६.१४ प्रतिशतले परिसूचक घटेको छ । त्यस्तै हाइड्रापावर समूहको परिसूचक ४.३७ प्रतिशतले घटेको छ ।
आज २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेड (निफ्रा) को भएको छ । यो बैंकको ३९ करोड ५२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।
आज बमाउँनेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढील वृद्धि भएको छ । महिला लघुवित्तको ९.९९ प्रतिशतले र बिशाल बजारको ९.९७ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।