प्रभु इन्स्योरेन्सको मूल्य समायोजन
काठमाडौं, २६ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । बोनस शेयर समायोजनपछि शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत बिहीबार इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ९७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीले वैशाख २६ गते (आज) देखि साधारणसभा हुने दिनसम्म बुक क्लोज गरेको छ । कम्पनीले साधारणसभा आगामी जेठ ६ गते आब्हान गरेको छ ।