Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

बैंकहरुले आजबाट अत्यावश्यक यी पाँच सेवा मात्र दिने

बैंकहरुले आजबाट अत्यावश्यक यी पाँच सेवा मात्र दिने

काठमाडौं, ३१ वैशाख । निषेधाज्ञा अवधिमा बैंकहरुमा भिडभाड बढेपछि बैंकहरुले आजबाट पाँच वटा सेवा मात्र दिने भएका छन् । नेपाल बैंकर्स संघले हिजो एक सूचना जारी गर्दै खाताबाट नगद झिक्ने, ५० हजार रुपैयाँ भन्दा माथि मात्रै खातामा नगद जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धि सेवा मात्रै प्रदान हुने जनाएको छ।

संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन र डिजिटल उपकरणहरुको प्रयोगमा जोड दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ। डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न संघले आग्रह गरेको छ।
सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध हुने जानकारी दिएको छ।

पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ। हाल २ हजार ४ सय कर्मचारी संक्रमित रहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x