Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सरकारलाई पाँच पूर्व अर्थमन्त्रीको सुझाव– ‘अन्तरिम बजेट ल्याएर काम चलाउन’

सरकारलाई पाँच पूर्व अर्थमन्त्रीको सुझाव– ‘अन्तरिम बजेट ल्याएर काम चलाउन’

काठमाडौं, १३ जेठ । पाँच पूर्व अर्थमन्त्रीहरुले सरकारले पूर्ण बजेट ल्याउन नहुने बताएका छन् । पूर्व अर्थमन्त्रीहरूको समूह पूर्व अर्थमन्त्री मञ्चले आज विज्ञप्ति जारी गर्दै हाल बहुमतको सरकार नभई कामचलाउ सरकार रहेको र संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन ।

पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले अन्तरिम बजेट ल्याएर काम चलाउन सरकारलाई सुझाव दिएका छन् ।

यस्तै मञ्चले आगामी आर्थिक बजेट कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा केन्द्रित हुनुपर्ने बताएको छ। बजेटले कोरोनाविरुद्धको खोपको उपलब्धतालाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरूले बताएका छन् । स्वास्थ्य पूर्वाधार निर्माण, स्वास्थ्य सामग्रीको उपलब्धता एवं स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुविधालाई बजेटले विशेष ध्यान दिनुपर्ने सुझाव मञ्चले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x