Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पेट्रोलियमको मूल्य २ महिनामै तीनपटक वृद्धि, महँगीको मारमा उपभोक्ता

पेट्रोलियमको मूल्य २ महिनामै तीनपटक वृद्धि, महँगीको मारमा उपभोक्ता

काठमाडौं, २३ जेठ । ठूलो घाटा भइरहँदै देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य २ महिनामै तीनपटक बढाएको छ । आयल निगमले पछिल्लो पटक शनिवार (जेठ २२ गते) रातिदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ ।

नयाँ वर्ष शुरू भएपछि पहिलोपटक वैशाख ४ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यति बेला पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्य १ रपैयाँले बढाएर प्रतिलिटर खुद्रा मूल्य क्रमशः १२१ र १०४ रुपैयाँ पु¥याएको थियो । यस्तै हवाई इन्धनको मूल्य आन्तरिक उडानमा हकवाई इन्धनको मूल्य २ रुपैयाँ बढाएर ७६ रुपैयाँ कायम गरएको थियो । त्यति बेला निगमले अर्धमासिक ८१ करोड घाटा भइरहेको उल्लेख गरेको थियो ।

यसैगरी जेठ २ गते पनि घाटाकै कारण देखाउँदै निगमले मूल्य वृद्धि गरेको थियो । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूची अनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि नगरिएकाले त्यतिबेला पाक्षिक १३२ करोड घाटा हुने अवस्था रहेको भन्दै निगमले पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धन (आन्तरिक उडानको)को मूल्य २ रुपैयाँले बढाएर १२३, १०६ र ७८ रुपैयाँ कायम गरेको थियो ।

त्यसको तीन हप्तापछि शनिवार निगमले अन्तरराष्ट्रिय बजारमै मूल्य बढिरहेकोमा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार मूल्य समायोजन गर्न भन्दै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघिको विक्री मूल्यमा पाक्षिक ११० करोड रुपैयाँ घाटा रहेको उल्लेख गर्दै निगमले पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धनको मूल्य २ रुपैयाँले बढाएको छ । यससँगै उक्त वस्तुको मूल्य क्रमशः १२५, १०८ र ८० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

उक्त मूल्यमा पेट्रोलियम पदार्थ विक्री गर्दा समेत पाक्षिक ९१ करोड घाटा हुने भन्दै निमले आगामी दिनमा पनि यस्ता वस्तुको मूल्य बढाइरहनुपर्ने बाध्यता आउन सक्ने बताएको छ । घाटाकै कारण देखाउँदै पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिहँदा आम उपभोक्ता भने महँगीको मारमा परेका छन् । आम्दानी सीमित हुने तर यस्ता अत्यावश्यक वस्तुको मूल्य निरन्तर गर्दा खर्च व्यवस्थापनमा उपभोक्तालाई चुनौती सृजना भएको छ ।

डिजेलको मूल्य बढेकै कारण सार्वजनिक यातायातको भाडार बढाउनुपर्ने माग व्यवसायीले गरिरहेकोमा निषेधाज्ञा खुल्नेबित्तिकै भाडादर बढाउन सकारलाई दबाब पर्नेछ । यसले निम्न वर्गका आम सर्वसाधारण मर्कामा पर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x