जलविद्युतको विकासका लागि सरकारी नीति र कार्यशैली परिमार्जन गर्ने उर्जा मन्त्रीको प्रतिवद्धता
काठमाडौं, ९ चैत । उर्जा एवं सिंचाई मन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सम्बृद्धिको आधार जलविद्युत भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको आर्थिक विकासका लागि उर्जा विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री पुनले नेपालमा जलविद्युतको अथाह सम्भावना रहेको भन्दै यसैको प्रयोग मार्फत मुलुकको आर्थिक विकास गर्नु गर्नुपर्नेमा जोड दिए ।
उनले सरकारी नीति र कार्यशैलीलाई परिमार्जन गर्दै जलविद्युत विकासमा लाग्ने प्रतिवद्धता पनि जनाए । जलविद्युत विकासबारे अहिलेको सरकारले ठुला–ठुला घोषणा गर्ने भन्दा पनि विगतको सरकारले गरेका राम्रा काम र घोषणाहरुलाई कार्यान्वयन गर्दै काम गर्ने पनि मन्त्री पुनले बताए ।
कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले जलविद्युतको विकासका लागि सरकारको नीतिगत हस्तक्षप आवश्यक भएको बताए । जलविद्युतको सम्भावना भएपनि सरकारी काममा असहजता र घोषणा कार्यान्वयन नहुदा समस्या उत्पन्न भएको बताए ।