Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा

लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा

काठमाडौं, ३० असार । लक्ष्मी बैंकले १३२औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका, वडा न. ६ स्थित कटारी चोकमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३२ शाखा, ६ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६१ एटिएम तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमार्फत सेवा दिँदै आएको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x