Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शहरी पूर्वाधार विकासमा सहकार्य गर्न पाँचखाल नगरपालिका र निफ्राबीच समझदारी

शहरी पूर्वाधार विकासमा सहकार्य गर्न पाँचखाल नगरपालिका र निफ्राबीच समझदारी

काठमाडौं, १२ साउन ।काभ्रेपलाञ्चोकको पाँचखालमा शहरी पूर्वाधार विकास निर्माणमा सहकार्य गर्न पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)बीच समझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा सोमवार पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

पाँचखाल नगरपालिकाको रणनीतिक कार्ययोजना अन्तर्गत रहेको ‘सुविधासम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण’ परियोजना निर्माण गर्न आवश्यक प्राविधिक, आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनोटका लागि सहयोग, लगानीको संरचना निर्धारण लगायत काम अघि बढाउन द्विपक्षीय सम्झौता गरिएको बताइएको छ । सो सम्झौतासँगै प्राविधिक सहयोग एवं सहकार्यमा सार्वजनिक निजी साझेदारीको माध्यमबाट नगरपालिकामा सुविधासम्पन्न शहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनसम्बन्धी कार्य बढाइने भएको छ ।

निफ्राले आगामी दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकार÷निकायहरूसँग समेत यस्तै सहकार्य गर्दै अघि बढ्ने बताएको छ । निफ्रा मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनामा सहयोग पु¥याउने उद्देश्यले सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x