Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मंगलबार नेप्से परिसूचक २६ अंकले वृद्धि, ११ अर्बभन्दा बढीको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक २६ अंकले वृद्धि, ११ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १९ साउन । मंगलबार नेप्से परिसूचक २६.०२ अंक वृद्धि भएर ३१११.०९ विन्दुमा रोकिएको छ । सोमबार ८ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ०.८४ प्रतिशतले वृद्धि भएको हो ।

२२३ कम्पनीको २ करोड ११ लाख २९ हजार कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख रुपैयाँमा खदिर विक्री भएको छ । आज पञ्चेश्वर पावर कम्पनी लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । रु रुको शेयर मूल्य १ हजार ७८ रुपैयाँ पुगेको छ । त्यस्तै पञ्चेश्वरको शेयर मूल्य ४९५ रुपैयाँ कायम भएको छ ।

यूनिलिभर नेपालको शेयर मूल्य ३.७९ प्रतिशतले घटेको छ भने नविल व्यालेण्डसिट फण्ड २ र नविल प्रगतिफण्डको इकाई भने २ प्रतिशतले घटेको छ । अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x