Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कामना सेवा र सीडीएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

कामना सेवा र सीडीएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

काठमाडौं, २५ साउन । कामना सेवा विकास बैंक र सीडीएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ। अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

पुतलीसडक स्थित सीडीएससीको कार्यलयमा एक कार्यक्रमकाबीच सीडीएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरे। हाल सीडीएससीबाट ७८ वटा संस्थाहरूले निक्षेप सदस्यता प्राप्त गरेका छन्। बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको सो बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखा लगायत ७० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x