Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

विनियोजित विकास बजेटको ०.२१ प्रतिशत मात्र खर्च

विनियोजित विकास बजेटको ०.२१ प्रतिशत मात्र खर्च

काठमाडौं, ७ भदौ । चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिना (साउनमा) विकास खर्च प्रगति निराशाजनक रहेको छ । उक्त अवधिमा कुल विनियोजित वार्षिक पूँजीगत खर्च लक्ष्यको शून्य दशमलव २१ प्रतिशत मात्र प्रगति भएको छ ।

चालू आवको बजेटमार्फत पूँजीगत, चालू तथा वित्तीय खर्च गरी कुल १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य सरकारको छ । उक्त बजेटमध्ये पूँजीगत खर्चतर्फ ४ खर्ब ३५ अर्ब विनियोजन रहेकोमा साउन महिनामा ९३ करोड ५० लाख रुपैयाँ मात्र खर्च हुन सकेको हो ।

यसैगरी चालू खर्चतर्फ १० खर्ब ४ अर्बमध्ये ९ अर्ब ९५ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएकोमा कुनै पनि खर्च देखिएको छैन ।

बजेटका तीनवटै शीर्षकमा आवको पहिलो महिना १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको महालेखाको तथ्यांक छ, जुन समग्र बजेटको शून्य दशमलव ६४ प्रतिशत हो । गत आर्थिक वर्षमा सरकारले कुल खर्च लक्ष्यको ८० प्रतिशत मात्रै हासिल भएको बताएको थियो । पूँँजीगत खर्चमा कमी आउँद मुलुकको विकास बजेटमा विगतकै प्रवृत्ति दोहोरिने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x