Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आर्थिक गणना वैशाखदेखि गरिने

आर्थिक गणना वैशाखदेखि गरिने

काठमाडौं, २८ गते । नेपालमा प्रथमपटक मुलुकको समग्र आर्थिक गणना बैशाख देखि हुने भएको छ । मुलुकको समग्र आर्थिक एकाइ र गतिविधिको अवस्था बुझ्न आर्थिक गणना गर्न लागिएको हो । मन्त्रिपरिष्दको बैठकले आगामी २०७५ साल वैशाख १ बाट राष्ट्रिय आर्थिक गणना गर्न स्वीकृत दिएको छ । राष्ट्रिय योजना आयोग अन्र्तगतको केन्द्रीय तथ्यांक विभागले आर्थिक गणनाको काम गर्नेछ ।

यस विभागले अघिल्लो वर्षदेखि नै आगामी बर्षदेखि आर्थिक गणना गर्ने तयारी गरिरहेको थियो । तथ्यांक ऐन २०१५ मा राष्ट्रिय महत्वका काम गर्दा समयमा नै आमजनतालाई सुचना दिनुपर्ने भए बमोजिम मन्त्रिपरिषद्ले आर्थिक गणना २०७५ का लागि स्वीकृति दिएको हो ।
यस आर्थिक गणनाले मुलुकभरको समग्र आर्थिक एकाइ र गतिविधिहरुको अवस्थाकाबारे जानकारी दिनेछ । जनगणना, कृषि गणना जस्तै आर्थिक गणनाले आर्थिक एकाइको गणना गरिनेछ । विशेष तथा आवधिक रुपमा सम्पन्न गरिने देशव्यापी कार्यक्रम हो गणना जुन एकै चोटि सवै ठाँउमासगैं गरिन्छ । हाल मुलुकको नयाँ प्रशासकीय संरचनाका लागि यो आर्थिक गणना फलदायी हुने अपेक्षा छ ।

गणनापूर्व सरकारले सूची आदेश जारी गरेसंगै विभागले आर्थिक गणनाको प्रक्रिया अगाडि बढाउने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमन अर्यालले बताए । अर्यालका अनुसार गणनाको प्राविधिक काम भइरहेको छ । स्थलगत रुपमा गणना गर्ने कार्य भने वैशाख १ गतेवाट सुरु गरेर असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

गणनाका लागि ४ हजार ८ सय जना गणक खटिने र गणनामा लाग्ने खर्च जापान र नेपाल सरकारले संयुक्त रुपमा बेहोर्नेछन् । मुलुकभरका ७७ वटै जिल्लामा कार्यालय र कर्मचारी ब्यवस्थापन भई खटिने गणकलाई आवश्यक प्रशिक्षणको काम भइरहेको छ । आर्थिक एकाइले आय आर्जन, सेवा सञ्चालन लगायतका आर्थिक क्रियाकलाप समेट्छ । यस गणनाबाट मुलुकका कुनकुन स्थानमा कति र कस्ता उद्योग ब्यापार सञ्चालनमा छन्, कहाँ कस्तो सम्भावना छ भन्ने कुरा पत्ता लाग्नेछ । यस गणनापछि सरकारलाई योजना तर्जुमा गर्न सहयोग मिल्ने विश्वास राखिएको छ । गणनामा विभिन्न अन्र्तराष्ट्रिय मुलुकहरुले अवलम्वन गरेका विधिलाई प्रयोग गरिने तथ्यांक विभागका निर्देशक अनिल शर्माले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x