सिटिजन्स बैंकको साधारणसभा कात्तिक १६ मा, लाभांश वितरणको प्रस्ताव पेश गरिने
काठमाडौं,२६ असोज। सिटिजन्स बैंक इन्टरनेशनलले १५औं वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले कात्तिक १६ गते आव्हान गरेको हो ।
कम्पनीको प्रधान कार्यालय दरवारमार्गमा सभा हुनेछ। कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा विद्युुतिय माध्यम र भौतिक रुपमा एकैसाथ सञ्चालन गर्ने निर्णय गरेको हो ।
उक्त सभाले सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको १२.९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।