सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौं, २३ कात्तिक । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।