गरिमा विकास बैंकद्वारा आजेदेखि “गरिमा डिवेन्चर २०८५” निष्कासन
काठमाडौं, १६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि आज(विहिवार)देखि प्रतिकित्ता १००० रुपैया अंकित मूल्यका १ अर्ब रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ४० करोड रुपैयाँ वरावरको४ लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानि कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैँया वरावरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट विक्री गरिनेछ ।
गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गते सम्म हुनेछ । इक्रा नेपालले बैँकलाई क्ष्ऋच्ब्ल्ए च्क्ष् द्यद्यद्य (क्रेडिट रेटिङ प्रदान गरेको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मसि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ ।