Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडौं, २४ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलन्यास भएको छ ।

भवन शिलन्यास कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमाका विकासका लागि आफ्नै भवनद्धारा सेवा दिने बाटो खुल्न थालेको जानकारी दिए ।

उनले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने दाबी गरे ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालबाट शिलान्यास सुसम्पन्न भएको थियो ।

उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालकज्यूहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x