३७.८७ अंकले घट्यो शेयरबजार, २ अर्ब ३० करोडको कारोबार
काठमाडौं, १ पुस । साताको पाँचौं कारोबार दिन बिहीवार शेयर बजार ३७.८७ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.५७ प्रतिशतले घटेर २३७६.७४ अंकमा बन्द भएको हो ।
यस दिन २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बिहीवार सर्वाधिक विकास बैंक समूहको उपसूचक सर्वाधिक ३.६६ प्रतिशतले घटेको छ । घटेको बजारमा नेपाल बंगलादेश बैंकको शेयरमूल्य सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा ग्रिनलाइफ हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ७.५९ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा छ । यस कम्पनीको ९करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।