निर्माण व्यवसायी तरलता अभावमा ग्रसित
काठमाडौं, ९ पुस । बजारमा वित्तिय तरलताका कारण उद्योग अभावमा परेको निर्माण व्यवसायीले जनाएका छन् ।
वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको निर्माण व्यवसायीको भनाई छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन् ।
उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको उल्लेख गरे ।
अध्यक्ष सिंहले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्ष देखि निर्माण उद्योगले गति लिन नसकेको बताए ।
उनले दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरुले चरम आर्थिक अभाव झेलिरहेको बताए ।
सिंहले पछिल्लो समय बैंकहरुले एक दुई लाख कर्जा समेत पाउन मुस्किल भएको बताए ।
उनले निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३ सय ४० अर्ब रहेको तर, सरकारसँग विगत एक वर्ष देखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न माग गरेको जानकारी दिए ।
उनले सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने ,निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने उल्लेख गरे ।
सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने सिंहको भनाइ छ । उनले सरकारले लिएको विकास निर्माणको लक्ष्य बजेटको सहि व्यवस्थापन भएमा प्राप्त हुन सक्ने दाबी गरे ।