Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राजस्व संकलनमा सुधार

राजस्व संकलनमा सुधार

काठमाडौं, १० पुस । चालु आर्थिक वर्ष २०७८÷७९ मा राजश्वमा केही सुधार देखिएको छ ।
मंसिर महिनासम्म राजश्व संकलन ४ खर्ब १२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मंसिर मसान्तसम्म राष्ट्र बैंकले ४ खर्ब ३ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा ८ अर्ब ९४ करोड ३४ लाख रुपैयाँ बढी रहेको प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको छ ।

आर्थिक वर्षका सुरुमा कम राजस्व संकलन हुने भएपनि सरकारी कार्यालको काम र भन्सारमा बढावा भएकाले राजश्व अझै बढी हुने अपेक्षा अर्थविद् केशव आचार्यले बताए ।

चालु आर्थिक वर्षको सो अवधिमाा शिक्षा सेवा शुल्कवापत सबैभन्दा कम राजश्व संकलन भएको छ ।

कोभिडले गर्दा यो वर्ष शिक्षा क्षेत्र प्रभावित भएकोले गर्दा राजस्व संकलनमा पनि प्रत्येक्ष असर देखिएको र विद्यार्थीहरु विदेश अध्ययनका लागि जानेमा न्युनता आएकाले कमी भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x