Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआईसी एशिया क्यापिटलद्वारा निक्षेप सदस्य सेवाअन्तर्गत विभिन्न उपहार योजना सार्वजनिक

एनआईसी एशिया क्यापिटलद्वारा निक्षेप सदस्य सेवाअन्तर्गत विभिन्न उपहार योजना सार्वजनिक

काठमाडौं, १८ पुस । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एनआईसी एशिया क्यापिटलले विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ । कम्पनीले निक्षेप सदस्य सेवा अन्तर्गत ‘एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा’ भन्ने नारा सहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको हो ।

क्यापिटलले विगतका वर्ष देखि नै ‘एक नेपाली, एक डिम्याट’ खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमूखी सेवा उपलब्ध गराई रहेको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा मिति २०७८ साल पौष १८ गते देखि मिति २०७८ साल फाल्गुण मसान्तसम्म एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु र एनआईसी एशिया अनलाईन डिम्याट सेवा मार्फत डिम्याट खाता खोल्ने खातावालाहरु मध्ये गोलाप्रथा विधिबाट साप्ताहिक रुपमा भाग्यशाली ग्राहकहरुको छनौट गरिने छ ।

भाग्यशाली खातावालाहरुको नामावली र उपहारको विवरण क्यापिटलको आधिकारीक सामाजिक संजाल पेजमार्फत प्रकाशित गरिने बताईएको छ, जसमा २ जना साप्ताहिक विजेतालाई स्मार्टवाच, ५ जनालार्य म्युचुअल फण्ड, ५ जनालाई एमसी वाईभर, ५ जनालाई मेरोसेयर र डिम्याट खाता निशुल्क र ५० जनालाई एनआईसी एशिया क्यापिटलको न्युजलेटर दिने बताईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x