बैंक अफ काठमाण्डूको बिओके रेमिट बचत तथा मुद्दती खाता
काठमाडौं, २१ पुस । बैंक अफ काठमाण्डू लिमिटेडले विदेशमा रहेका ग्राहकका लागि ‘बिओके रेमिट बचत तथा मुद्दती खाता’ सार्वजनिक गरेको छ । ‘श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने नाराका साथ विदेशमा श्रम गरिरहेका नेपाली हरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित उक्त बचत तथा मुद्दती खाता संचालनमा ल्याएको बैंकले बताएको छ ।
विदेशमा श्रम गरिरहेका नेपालीले उक्त बचत तथा मुद्घती खाता खोल्न सक्नेछन् । यस मुद्दती खाता खोल्दा ग्राहकहरुले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउनेछन् । साथै, बिओके रेमिट बचत खातामा उच्चतम ब्याजदरको प्रतिफल सहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आकर्षक विशेषताको उपयोग गर्न सक्ने बताइएको छ ।
बैंकले सार्वजनिक गरेको उक्त बचत खातामा विदेशमा श्रम गरी आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै सहज बैंकिङको अनुभव लिन पाउने बैंकले बताएको छ ।