Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८५ प्रतिशत सम्पन्न

सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८५ प्रतिशत सम्पन्न

लमजुङ, २८ पुस । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ । ५४ मेगावाट क्षमताको यस आयोजनाले हालै पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रू गरेको छ ।

बे्रक थ्रू भएसँगै यतिबेला त्यहाँ ढलान कार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । आयोजनाबाट आगामी सात–आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान भइरहेको आयोजनाले बताएको छ ।

त्यस्तै गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पु¥याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनर्निर्माण भइरहेको छ । एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ ।

८ अर्ब ८० करोड रुपैयाँको लगानीको यो आयोजनाको २२७ मिटर ठाडो पाइप ९भर्टिकल साफ्ट० खन्ने काम सकिएको छ । इलेक्ट्रोमेकानिकल संरचना, सुरुङ र विद्युत्गृह बनाउने काम भइरहेको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकोमा २०७१ मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरी २०७२ असोजदेखि निर्माण थालिएको थियो । आयोजनामा सबै गरेर ५०० कर्मचारी छन् ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड लगानी छ । आयोजनाको विद्युत् सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x