Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

क्रिकेट एक्सेलेन्स भयो पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर

क्रिकेट एक्सेलेन्स भयो पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर

काठमाडौं, २९ पुस । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने भएको छ । अब क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा अत्यन्त खुसी भएको प्रतिक्रियया दिए । उनले बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएकोले पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको दाबी गरे ।

तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको वर्णन गर्दै निर्देशक अभिमन्युले बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरे ।

बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध रहने उनले जनाए ।


कार्यक्रममा पूर्व कप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुसी भएको जनाउँदै नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी जनाए ।

यो सहकार्य सदैव रहिरहनेछ भन्ने अपेक्षा उनको थियो ।
क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो । जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ ।

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x