Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोनाका बिरामीमध्ये एक चौथाइमा ‘ओमिक्रोन’को संक्रमण

कोरोनाका बिरामीमध्ये एक चौथाइमा ‘ओमिक्रोन’को संक्रमण

काठमाडौं, ५ माघ । पछिल्ला दिनहरूमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । कोरोनाको यसअघिका भेरियन्टको तुलनामा ‘ओमिक्रोन’ बढी संक्रामक भएकाले संक्रमित हुनेको संख्या बढेको हो । पछिल्ला दिनहरूमा कोरोना संक्रमित हुनेमध्ये करिब एक चौथाइमा ओमिक्रोनको संक्रमण पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिएका छन् ।

समग्रमा अहिले कोरोना संक्रमण बढ्नुको मुख्य दुई कारण– जाडोको समय हुनु र विभिन्न ठाउँमा सभा, समारोह, जुलुस, बिहे, पार्टी, जमघट हुनु रहेको डा. पुनले बताए । यस अस्पतालमा भर्ना हुने कोरोनाका बिरामी ठूलो संख्यामा नरहेको भन्दै उनले भर्ना हुने बिरामीका लागि अहिलेसम्म बेडको अभाव नरहेको बताए । साथै खोप लगाएका संक्रमितहरूमा गम्भीर लक्षण नेदेखिएको उनको भनाइ छ ।

कोभिड संक्रमण बढ्दै गएपछि अहिले जनस्तरमा पुनः लकडाउन हुने चिन्ता छ । यद्यपि सरकारले तत्काल लकडाउन नहुने बताइसकेको छ । साथै पहिलेकोे लकडाउनले गर्दा देशले आर्थिक रूपमा ठूलो क्षति भोग्नुपरेको र अहिलेसम्मको कोरोनाको असरलाई हेर्दा लकडाउनमा गइहाल्नुपर्ने नदेखिएको डा. पुनको भनाइ छ । लकडाउनको विकल्प खोज्दै स्वास्थ्य मापदण्ड अपनाएर दैनिक कामकाज अघि बढाउनुपर्ने उनले बताए । यो भेरियन्टबाट धेरै डराउनुपर्ने अवस्था नरहेको तर सावधानी अपनाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्णरूपमा पालना गर्नुपर्नेे र भीडभाड हुने ठाउँमा कडाइ गर्नुपर्ने उनले सुझाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x