Date

मङ्ल, बैशाख १८, २०८१
Tue, April 30, 2024

मतपत्र कागजका लागि ११ करोड

मतपत्र कागजका लागि ११ करोड

काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले मतपत्र छपाइका लागि ११ करोड रुपैयाँ बराबरको कागज खरिद गर्ने भएको छ ।

अगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइका लागि आयोगले बोलपत्र आह्वान गरे अनुसार आयोगले कागज खरिद सम्झौता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड रुपैयाँभन्दा बढीमा कागज खरिद गर्ने सम्झौता गरेको हो ।

आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ जनाको २० हजार रुपैयाँ बराबरको बीमा गर्ने भएको छ । आयोगका पदाधिकारी, सचिवालयमा कार्यरत कर्मचारीहरु, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी सहित ९०० जनाको १०४ दिनको बीमा हुनेछ ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७ सय ७७ कर्मचारीहरुको ७० दिनको बीमा गरिने छ । मतदान केन्द्रमा खटिने ९४ हजार जनाको १५ दिन र मतगणना कार्यमा खटिने ९ हजार ३६ कर्मचारीहरुको १० दिनको बीमा गरिने निर्वाचन आयोगले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x