Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हिमालयन बैंकको नेपाल पे क्यूआर

हिमालयन बैंकको नेपाल पे क्यूआर

काठमााडौं, २७ फागुन । हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङमा एकिकृत नेपाल पे क्यू आरको सफल रुपमा अन्तर आवद्धता कायम गरेको छ । अब बैंकका ग्राहकहरुले हिमालयन बैंकको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको क्यूआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन् ।

साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे त्तच् मा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरे नेपाल पे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी एग्रिगेट क्यूआर पनि स्विकार गर्ने कार्यको थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल पे क्यूआर स्थापना र एनसी एच एलद्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x