शेयर बजारमा रौनक, शुरुदेखि हरियाली
काठमाडौं, २९ फागुन । बैंकरले ब्याज दर नबढाउने सहमति गरेसँगै शेयर बजारले फराकिलो छलाङ मारेको छ । बजार करिव १०० अंकले बढेको छ । यो २ः१५बजेसम्मको अपडेट हो ।
बजारमा अरु दिनभन्दा तुलनात्मक रुपमा कारोबार रकम बृद्धि भएको छ। बजार ३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ ।
सबै उपसूचकहरु उकालो लागेका छन्। फराकिलो छलाङ जीवन बीमा कम्पनीका सेयरहरुले मारेका छन् । उपसूचक ९०० अंक हाराहारीले बढिसकेको छ ।
निर्जीवन बीमा ५१४, उत्पादन तथा प्रशोधन ३०० अंकले बढेको छ । बाणिज्य बैंक समूहसमेत करिव ५३ अंकले बढेको छ । यद्यपी सेयर मूल्य बढेर सर्किट भने ३ वटा कम्पनीलाई मात्र लागेको छ ।