Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआईबीएल एस क्यापिटलको धितोपत्र बजार तथा सचेतनामुलक कार्यक्रम

एनआईबीएल एस क्यापिटलको धितोपत्र बजार तथा सचेतनामुलक कार्यक्रम

काठमाडौं, ४ चैत । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा यहि चैत ४ गते पोखरामा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेको बताइएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको बताइएको छ । आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने क्यापिटलले बताएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x