Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कृर्षि मेलामा नबिल बैंकको साथ

कृर्षि मेलामा नबिल बैंकको साथ

काठमाडौं, १३ चैत । चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृर्षि कर्जा मेलामा नबिल बैंकको साथ रहेर सुरु भएको छ । जुन चैत १२, सम्म सञ्चालन हुनेछ ।


कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताएका थिए । “बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मुल्य श्रृङखला निमार्ण गरे, बैंकले कृषिमा लगानी गर्ने बताइएको छ ।


बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ, उनले बताए ।


यस्तै नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसानसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केही हँुदैन बीज चाहियो भन्ने रहेछन् ।” बैंकर शाहले भने, “बिज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भन्ने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारिकरण पनि चाहिने रहेछ भन्ने गुनासो आएको उनले बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x