Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पशुपति धर्मशालामा कोषले लगायो ताला

पशुपति धर्मशालामा कोषले लगायो ताला

काठमाडौं, २५ चैत । पशुपति क्षेत्र विकास कोषले नेपाल भारत मैत्री धर्मशालामा ताला लगाएको छ । बतास समूहले छोड्न नमानेपछि कोषले शुक्रबार धर्मशालामा ताला लगाएको हो ।


धर्मशालाका दुई वटा मुख्य गेटमा ताला लगाइएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताएका छन । सदस्यसचिव, कार्यकारी निर्देशकसहितका पदाधिकारी गएर धर्मशाला छोड्न अनुरोध गरे पनि बतास समूहले अटेर गरेपछि ताला लगाइएको उनले बताएका हुन ।
धर्मशालाका सामान हराउन सक्ने भएकोले तिनलाई सुरक्षित राख्नका लागि मूल गेटमा ताला लगाएको सुवेदीले बताएका थिए । चैत १४ गते बतास समूहसँगको सम्झौता भंग गर्दै कोषले धर्मशाला छोड्न भन्दै आए पनि बतास समूहले छोड्न अटेर गरेको बताउदै ताला लगाएको बताएका थिए ।


२०७६ सालदेखि पशुपति धर्मशाला बतास समूहले सञ्चालन गर्दै आएको थियो । सम्झौताविपरीत भाडा उठाएको आरोप लागेपछि बतास समूहमाथि कोषले कारबाही अगाडि बढाएको थियो । बतास समूहले कोषले कारबाही अघि बढाएपछि त्यसलाई रोक्न माग गर्दै अदालतमा मुद्दा हालेको थियो ।

बतास समूहले मुद्दा हाले पनि कानुनी रूपमा धर्मशाला खाली गराउन कुनै बाधा नभएको सुवेदीले जिकीर गरे । कानुन व्यवसायीसँग परामर्श गरेरै प्रक्रिया थालेको र अदालतको अवहेलना हुने गरी काम नगरेको बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x