Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

जेठ ३ गते संसद अधिवेशन आह्वान, बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत हुने

जेठ ३ गते संसद अधिवेशन आह्वान, बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मंगलवारका लागि सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार अपराह्न ४ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आगामी जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रत्येक वर्षको जेठ १५ गते नयाँ बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि संसदमा बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । त्यसैका लागि संसद बैठक आव्हान गरिएको हो ।

अर्थमन्त्रालयको कार्यसुची भन्दा बैठक १३ दिन ढिलागरि आव्हान गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x