Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से १४.३७ अंकले बढ्यो

नेप्से १४.३७ अंकले बढ्यो

काठमाडौं, ११ जेठ । यस साताको तेस्रो कारोबार दिन बुधबार शेयरबजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १४.३७ अंकले बढेर २२३१.५७ अंकमा पुगेको छ ।


बुधबार २२६ कम्पनीको २६ लाख ९४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक २.४२ अंकले बढेर ४३५.०९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये सबै समुहका कम्पनीको कारोबार बढेको छ । यस दिन सबै भन्दा धेरै र्निजिवन बीमा कम्पनी समुहको १३४.५१ अंकले कारोबार बढेको छ । यो अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x