कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने
काठमाडौं, ८ असार । कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट÷क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।
विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट÷क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्ने बैंकले बताएको छ ।
विदेशबाट भिसा डाईरेक्ट मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरेका थिए । फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट÷क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्ने छन् ।
विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक रु. १५ हजार भन्दा बढीको भिसा डाईरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५ सय प्रदान गर्र्नेे व्यवस्था गरिएको बैंकले जनाएको छ ।