Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एक दिन पनि टिकेन शेयर बजारको उत्साह लाग्यो ३१.२१ अंकले ओरालो

एक दिन पनि टिकेन शेयर बजारको  उत्साह लाग्यो ३१.२१ अंकले ओरालो

काठमाडौं, ८ असार । हिजो हरियाली देखिएको शेयर बजार आज राताम्मे भएको छ । यस साताको चौंथो कारोबार दिन बुधबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगेको छ ।


मंगलबार २२९ कम्पनीको ३० लाख ३४ हजार रुपैयाँको शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ५.९४ अंकले घटेर ३६९.१५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९.९४ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । सबै भन्दा धेरै र्निजिवन बीमा समुहका कम्पनीको कारोबार १५५.२२ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशतले कारोबार घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x