मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे
काठमाडौं, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपति कार्यालयले जनाएको छ ।