Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जी–७ ले पूर्वाधारमा ६ खर्ब डलर लगानी गर्ने

जी–७ ले पूर्वाधारमा ६ खर्ब डलर लगानी गर्ने

काठमाडौं, १४ असार । विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको समूह (जी ७ )को सम्मेलनले सरकारी तथा निजी साझेदारीमा विकासशील देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी छ खर्ब अमेरिकी डलर बराबरका लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन यस्तो योजना बनाएका हुन । त्यसमा अमेरिका एक्लैले दुई खर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा अमेरिकाका राष्ट्रपति जो बाइडेनले गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठनका रूपमा परिचित रहेको जी–सातमा संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, इटाली, जापान र बेलायत सदस्य छन् । त्यस्तै आमन्त्रित सदस्यका रूपमा युरोपेली सङ्घ रहेको छ । जी–७ को घेरामा शक्तिशाली पश्चिमा मुलुक विश्व अर्थतन्त्र केन्द्रित योजनामा सक्रिय हुँदै गर्दा अर्कोतिर रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनले भने पश्चिमा विरोधी गुट निर्माण गर्ने बाटो पछ्याउँदै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x