९.६ प्रतिशतले घट्यो वित्तीय संस्थाको निक्षेप वृद्धि
काठमाडौं, २९ असार । चालू आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि ९.६ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैकले हालै सार्वजनिक गरेको आर्थिक तथा वित्तीय सूचक सम्बन्धी प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको देखाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप १५.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.३ प्रतिशतले बढेको छ ।
जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको छ । गतवर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको थियो ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.५७ प्रतिशत रहेको छ । २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१।२२ प्रतिशत रहेको थियो ।