Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नागरिकता विधेयक अघि बढ्यो

नागरिकता विधेयक अघि बढ्यो

काठमाडौं, २९ असार । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पेस गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री खाणले नागरिकता ऐन संशोधन विधेयक पेस गरेका हुन् ।

विधेयकको विरोध गर्नुपर्ने कारणबारे बोल्दै सांसद रावलले राज्य व्यवस्था समितिले तीन वर्ष छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ विधेयक ल्याइनु समितिकै अवहेलना भएको दाबी गरे ।

अर्का सांसद तामाङले लैङ्गिक पहिचानसहित आमा वा बाबुका नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरीत विधेयक आएको भन्दै असहमति जनाए ।
उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधमाथि सङ्क्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले संविधानको प्रावधानबमोजिम नागरिकताविहीन नागरिकलाई नागरिकता सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x