Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा

नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा

काठमाडौं, २ साउन । नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नया एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।


हिजो साउन १ गते देखि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन गरेका थिए । सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादर कंडेल,सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।


नेपालभर २१९ शाखाहरु, १८२ ए।टि।एम। साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *