Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निवर्तमान अर्थमन्त्री शर्माद्वारा बजेट निर्माणमा अनधिकृत व्यक्ति लगेको आरोपको अस्वीकार

निवर्तमान अर्थमन्त्री शर्माद्वारा बजेट निर्माणमा   अनधिकृत व्यक्ति लगेको आरोपको अस्वीकार

काठमाडौं, ४ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति लगेको आरोपको अस्वीकार गरेका छन् ।

आज बिहान संसदीय छानविन विशेष समितिको बैठकमा उनले संसदमा बजेट पेश गर्नुको अघिल्लो रात अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।


संसदीय छानविन समितिमा बयान दिन सिंहदरबार पुगेका उनले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी दोर्होयाएका छन् । ‘अर्थ मन्त्रालयमा सुरक्षाकर्मी र मर्यादापालकहरु हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना हुँदैन । पसेको भए थाहा भैहाल्थियो नि ।’ उनले भनेका छन् ।

त्यसक्रममा उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने पनि बताए । अनधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x