Date

मङ्ल, मंसिर ९, २०८२
Tue, November 25, 2025

डलर कार्डबाट पनि रेमिट्यान्स भित्र्याउन सकिने

डलर कार्डबाट पनि रेमिट्यान्स भित्र्याउन सकिने

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले डलर कार्डकै प्रयोग गरेर रेमिट्यान्स भित्र्याउन सकिने व्यवस्था गर्ने भएको छ। चालू बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

बैंकहरुले वितरण गर्ने डलरकार्डबाट नै विदेशबाट पैसा नेपालमा ल्याउन सकिने व्यवस्था गरिदिन केन्द्रीय बैंकले बैंकहरुलाई भनेको हो। मौद्रिक नीतिमा ‘बैंकिङ्ग भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा विप्रेषण प्राप्त गर्नसक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ’ उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *