वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व
काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष २०७८÷७९ मा वीरगञ्ज भन्सार कार्यालयले राजस्वको लक्ष्य पूरा गरेको छ । गत आर्थिक वर्षमा उक्त भन्सार कार्यालयले कुल २ खर्ब ३ करोड २ करोड राजस्व संकलनको लक्ष्य पाएकोमा असार मसान्तसम्ममा २ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ असुली गरेको हो, जुन निर्धारित लक्ष्यको १०५ प्रतिशत हो ।
वीरगञ्ज भन्सारबाट गत आर्थिक वर्षमा ७ खर्ब ६२ अर्ब ९२ रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले बढी हो । यस्तै सोही अवधिमा उक्र भन्सार नाकाबाट ८० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशतले बढी हो । सो भन्सारबाट हुने वैदेशिक व्यापार ६ खर्ब २४ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको छ ।