नेप्से ६१.०५ अंकले बढ्यो, २ अर्ब ७३ करोड बढीको कारोबार
काठमाडौं, ८ साउन । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.०३ प्रतिशतले बढी हो ।
आइतबार २१९ कम्पनीको ६४ लाख २३ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १२.०९ अंकले बढेर ३९८.३३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.१३ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ भने सबै भन्दा धेरै जिवन बीमा समूहका कम्पनीको कारोबार २०७.७७ अंकले बढेर ९८१९.८२ अंकमा पुगेको छ ।